जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित १० जना पक्राउ
कैलाली- धनगढी बसपार्कको कलेल होटलबाट प्रहरीले १० जना जुवाडे पक्राउ गरेको छ । मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जना जुवाडेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले एक लाख चार हजार ८१० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देबवहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।
ठकुल्ला पुर्विचौकी गाउँपालिका ५ का वडा अध्यक्ष समेत हुन् । प्रहरीले पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया