समाज

करेन्ट लागेर वृद्धाको मृत्यु

इकागज |
साउन १६, २०८० मंगलबार २०:३७ बजे

काठमाडौँ- कीर्तिपुर नगरपालिका–१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दीलकुमारी महर्जनको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।


घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


Author

थप समाचार
x