कैलालीमा खोलाले बगाउँदा बालिकाको मृत्यु
फाइल तस्बिर
धनगढी- कैलालीमा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकी १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो । घरदेखि केही टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो ।
उनको शव नुहाउन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया