समाज

चोरीकाे गहना किनेकाे आराेपमा सुनचाँदी पसलका सञ्चालक पक्राउ

इकागज |
साउन १९, २०८० शुक्रबार १९:८ बजे

फाइल तस्बिर

मकवानपुर- चोरी भएकाे सुनचाँदीकाे गहन किनेको आरोपमा हेटौंडाकाे एक सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा-२ कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्स् सुनचाँदी पसलका सञ्चालक प्रतीक शाक्यलाई चोरीकाे गहना किनेकाे आराेपमा पक्राउ गरेकाे हाे ।

शाक्य गत साउन ११ गते पसलबाटै पक्राउ परेका हुन् भने शाक्यसहित गरगहना चाेरी गरी बिक्री गर्ने दिनेश नेपालीलाई समेत प्रहरीले पक्राउ गरेकाे छ । चाेरीका सुनचाँदी गहना बिक्री गर्ने हेटौंडा-६ स्थित चुच्चेखोलाका ३४ वर्षीय नेपालीलाई घरबाटै पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।


हेटौंडा-१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट नेपालीले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औँठी, लकेट चोरी गरेका थिए । दिनेशले बिलसहित चोरी गरेको गरगहना शाक्यको पसलमा बिक्री गरेका थिए । पक्राउ परेका शाक्य र नेपाली दुवैलाई चोरीको आरोपमा मुद्दा लगाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x