चक्कु प्रहार गरी श्रीमतीको हत्या
महेन्द्रनगर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।
“प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ”, प्रहरी निरीक्षक साउँदले भने–“घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया