समाज

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग जानुपर्ने बाध्यता हट्‍यो

इकागज |
साउन २१, २०८० आइतबार १४:६ बजे

काठमाडौँ- विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरुले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ । आइतबार काठमाडौँको त्रिपुरेश्वरस्थीत बिभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो । अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए । सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ बनाउन प्रयास गरेको उनले बताए ।


विभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो । सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ । 


Author

थप समाचार
x