समाज

खान बस्न गुहार माग्दै राउटे समुदाय पोखरामा

इकागज |
साउन २१, २०८० आइतबार २१:१६ बजे

पोखरा- दैलेखबाट राउटे समुदायका अगुवाहरू आइतबार पोखरामा आएका छन् ।

उनीहरूले गाँस, बास र कपासको जोहो गर्न समस्या भएको भन्दै पोखरा आएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका थिए । मुख्यमन्त्री पाण्डेलाई भेटेर राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी गराएका थिए ।


आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्रीले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । राउटे समुदायले हरेक वर्ष विभिन्न प्रदेशबाट सहयोग संकलन गर्दै आएका छन् । सोही अनुसार उनीहरू आइतबार गण्डकी प्रदेशको राजधानी पोखरा आएका हुन् ।

राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको जानकारी गराए ।


Author

थप समाचार
x