समाज

पाल्पामा डेंगी संक्रमित महिलाको मृत्यु

इकागज |
साउन २२, २०८० सोमबार १८:३२ बजे

बुटवल- पाल्पामा डेंगी संक्रमित महिलाको मृत्यु भएको छ । डेंगी संक्रमित तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा साउन २१ गते साँझ उनकाे मृत्यु भएको हो । मृतक महिलामा एक साताअघि डेंगी संक्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ ।


पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।


Author

थप समाचार
x