पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक पुन: अवरुद्ध
फाइल तस्बिर
काठमाडौँ- पहिरोसँगै पाँच दिनदेखि अवरुद्ध भालुवाङ–प्युठान–रोल्पा सडक आइतबार खुलेकोमा आज पुन: अवरुद्ध भएको छ ।
सडक खण्डअन्तर्गत प्युठानको गर्जेनीमा बेलुका ७ बजेतिर पहिरो खसेपछि सडक बन्द भएको हो । अब भोलि बिहानदेखि उपकरणको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी किसनप्रसाद गैरेले बताए ।
ठूलो पहिरोका कारण गएको बुधबारदेखि बन्द भएको सडक हिजो बेलुकादेखि खुलेको थियो । आजदेखि सडक पुन: बन्द भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया