समाज

बाघेखोलामा डुबेर दुई बालबालिकाका मृत्यु

इकागज |
साउन २५, २०८० बिहीबार १९:४० बजे

सांकेतिक तस्बिर

सुरुङ्गा- झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको बेघेखोलामा डुबेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो ।


घर नजिकै रहेको बेघेखोलामा उनीहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याएका थिए । उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । रासस


Author

थप समाचार
x