समाज

आजै रौतहट र काठमाडौँबाट गरी सांसद शर्मासहित पाँचजना चिकित्सक पक्राउ

इकागज |
साउन २५, २०८० बिहीबार २०:० बजे

फाइल तस्बिर

काठमाडौँ-  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सकलाई पक्राउ गरेको छ । सिआइबीले बिहीबार यही प्रकरणमा कांग्रेस सांसद सुनील शर्मालाई पनि पक्राउ गरिसकेको छ । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी र चितवन मेडिकल कलेजका रामबाबु यादव रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।


उनले भने, 'डा. शुनिल शर्मा, डा. रन्जितकुमार यादव, एरिना शाह, रामबाबु यादव, र अमृत चौधरी रहेका छन् ।'

रामबाबु यादवलाई रौतहटबाट पक्राउ गरिएको उनले जानकारी दिए । सिआइबीले अन्यलाई भने काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।


Author

थप समाचार
x