सुमेरू सिटी अस्पतालकी डाक्टर पुनम पनि पक्राउ, पक्राउ पर्नेको संख्या ८ पुग्यो
सांकेतिक तस्बिर
काठमाडौँ- सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी पक्राउ परेकी छन् । शुक्रबार प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै उनलाई पक्राउ गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । आज बिहान पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरेको थियो ।
बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो । बिहीबार नै ब्यूरोले कांग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्दै बिहीबार र शुक्रबार गरेर ८ जनालाई पक्राउ गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया