बाँदर धपाउने क्रममा बन्दुक पड्केर आफ्नै मृत्यु
फाइल तस्बिर
बुटवल- बाँदरले हैरान बनाएपछि धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–७ मा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो ।
केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
शुक्रबार बिहान ११ बजेको समयमा पदम घरमा राखेको अवैध बन्दुक बोकेर बाँदर धपाउन हिँडेका थिए । उनी बारीमा चिप्लन पुग्दा एकनाले बन्दुक आफैँ पड्किएको थियो । उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया