समाज

चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

इकागज |
साउन २८, २०८० आइतबार १९:३७ बजे

दाङ- चेक बाउन्स मुद्दाका फरार प्रतिवादी दाङबाट पक्राउ परेका छन् ।

दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका–१६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्का प्रहरीले पक्राउ गरेको हो ।


अदालतले ०७९ असार ३० गते दोषी ठहर गरी दुई वर्ष जेल सजायको फैसला गरेमा उनी फरार रहेका थिए ।

उनलाई शुक्रबार घोराही–१४ गोर्खा हस्पिटल रोडमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी दाङले जनाएको छ ।


Author

थप समाचार
x