समाज

विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई...

इकागज |
साउन २९, २०८० सोमबार १३:२४ बजे

काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेले विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई भन्ने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा शिक्षाको अवस्था बुझ्न, विद्यार्थीहरूको समस्या बुझ्दै त्यसको समाधानको लागि विद्यार्थीहरूबाट प्रश्न राख्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको थियो । 

विद्यार्थीहरूको प्रश्नको उत्तरका साथै समस्याको समाधानको लागि सम्बन्धित सरोकारवालाहरूलाई पनि कार्यक्रममा उपस्थित गराइएको थियो । गत सालदेखि सुरु गरिएको उक्त कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको हो ।


विद्यार्थीहरूले विद्यालयका भौतिक संरचनाको दयनीय अवस्था, विद्यार्थीको सङ्ख्यामा ह्रास आउनु, विद्यालयमा न्यूनतम स्वास्थ्य सेवा नपाउनु, शिक्षकले आफ्नो छोराछोरी निजी विद्यालयमा पढाउने कारण लगायतका विषयमा प्रश्न उठाएका थिए । 

विद्यार्थीहरूले उठाएका विभिन्न प्रश्नहरूको सम्बन्धमा सरोकारवालाहरूले उत्तर दिदैँ आगामी दिनमा विद्यार्थीहरूले उठाएका समस्याहरूको समाधान गर्दै यस्तो समस्या दोहोरिन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।  

धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले विद्यार्थीहरूले उठाएका गुनासोहरू समाधानका लागि  सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका थिए । 

गौतमले काभ्रेका विद्यार्थीहरूले काठमाडौँलाई नै केन्द्रित गरी शैक्षिक गन्तव्य बनाउनु दुखद भएको बताउँदै काठमाडौँ विश्वविद्यालयसमेत सञ्चालनमा रहेको काभ्रे जिल्ला अबको शैक्षिक हव बनाउनुपर्ने धारणा गौतमले राखेका थिए ।  

प्रमुख गौतमका अनुसार– ‘व्यवसायीक र स्वरोजगार मूलक शिक्षा प्रणाली कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउनु पर्ने बेला आएको बताए । 

प्रमुख गौतमले सरोकारवालाहरूलाई विद्यालयमा उपलब्ध हुनुपर्ने न्यूनतम स्वास्थ्य सेवाको बारेमा पनि ध्यानाकर्षण गराएका थिए । 

कार्यक्रममा उपस्थित ९२ विद्यालयका ९६ जना विद्यार्थीले सामुदायिक र निजी विद्यालयका समस्या, शैक्षिक गुणस्तर, विद्यार्थी, अभिभावक र शिक्षकहरूले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।


Author

थप समाचार
x