समाज

भक्तपुरमा जनैपूर्णिमा भदौ १३ र गाईजात्रा १४ गते मनाइने

इकागज |
साउन २९, २०८० सोमबार २१:३ बजे

फाइल तस्बिर

भादगाउँ- भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले नगरपालिकाले तलेजुका पुजारीहरूसँगको छलफलपछि सो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्यौल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवम् पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने गर्दछ ।


सोही अनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोही अनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो ।


Author

थप समाचार
x