सर्पदंशबाट एक जनाको मृत्यु
सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिका–१० की ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ ।
राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए ।
यस वर्ष सर्लाहीमा सर्पदंशबाट तीन जनाको मृत्यु भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया