समाज

कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला

इकागज |
असोज ५, २०८० शुक्रवार २०:३७ बजे

कञ्चनपुर- कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x