समाज

विराटनगरमा मन्त्रीको सिफारिस भएकालाई कोभिड खोप

इकागज |
जेठ १४, २०७८ शुक्रवार २०:५१ बजे

विराटनगर : शुक्रबार बिहानैदेखि विराटनगरमा झरी परिरहेको थियो । हरेक दिन विहान १० बजेसम्म चहल-पहल हुने विराटनगर दिन छिपिँदै गएपछि सुनसान बन्ने गथ्र्यो । तर शुक्रबार विराटनगर बजारको शीरतिर हरेको तीन-पैनी चोकको सडकमा धेरै निजी गाडीहरु लाइन लागिरहेका थिए ।

चोकको पूर्वपट्टि एउटा सिटी सिनेमा हल छ । हलको बाहिर गाडीको लाइन देखेपछि सर्वसाधारणका ध्यान त्यसतिर गयो । केही उत्सुक सर्वसाधाणले हलतिर नजर लगाए । बुझ्दै जाँदा हलभित्र मन्त्रीले चुनेका र विराटनगरका उद्योगी, व्यापारीहरुलाई कोरोनाको दोस्रो खोप लगाउने कार्यक्रम रहेछ । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको खोप उद्योगीहरुलाई लगाइएको रहेछ । त्यसपछि सर्वसाधारणको आक्रोश बढ्यो ।


सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिसरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन् । आक्रोशित सर्वसाधारणले खोप बोकेर आएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको गाडी एक घण्टासम्म रोके । चार जना खोपकर्मीहरूलाई काम गरे ठीक नहुने चेतावनी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भन्‍ने निर्देशन दिएपछि आएको बताउँदै भने, ‘हामीले एक सय ५० जनालाई खोप दियौँ ।’मोरङ जनस्वास्थ्य कार्यालयका खोप प्रमुख रमानन्द यादवले मोरङमा पहिलो डोज लगाएकाहरूको दोस्रो डोज लगाउने अवधि सकिँदै गएको बताउँदै भने, ‘मन्त्रीज्यूको सिफारिसमा दोस्रो डोज लगाउने काम भइरहेको छ । हामीले जनताका लागि पनि ‘भ्याक्सिन’ दिन आग्रह गरिरहेका छौँ ।’

खोप लगाएको जानकारी पाएपछि पुगेका स्थानीयले अवरोध गरेपछि भागाभाग भएको हो । शुक्रबार दिउँसो अवरोध गर्दै स्थानीय पुगेपछि प्रहरी पनि पुगेको थियो । स्थानीयले अवरोध गर्न खोज्दा खोप लगाउन गएका स्वास्थ्यकर्र्मी र उद्योगीलाई प्रहरीले सुरक्षा दिएर गन्तब्यतर्फ पठाएको थियो ।

पहुँचवालालाई खोप दिएपछिको सूचना पाएपछि सर्वसाधारणलाई माग गर्दै सिटी सिनेमामा घेराऊ गरेको परिवर्तन गर्न हातेमालो संस्थाका अध्यक्ष विनोद चहारले बताए । ‘पहुँचवालालाई मात्रै खोप दिइयो’ उनले भने, ‘पहुँचवाला र धनीलाई खोप बेचियो ।’

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार, शुुक्रबार मुख्यमन्त्री निवासमा उद्योगीलाई खोप लगाउने योजना थियो । तर पछि सिनेमा हलमा लगाउने प्रवन्ध गरिएको थियो । मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्का होहल्ला भएपछि मात्रै प्रहरीलाई खोप लगाइएकोबारे जानकारी भएको बताउँछन् ।

‘हामीलाई पनि खोपबारे जानकारी थिएन, सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुग्यो,’ उनले भने, ‘खोप सर्वसाधारणलाई हैन रहेछ भन्दै सम्झाएर पठायौं ।’
मोरङमा ‘कोभिसिल्ड’को पहिलो मात्रा ६६ हजार ६१५ र दोस्रो मात्रा ११ हजार ३४८ जनाले लगाएका छन्  ।


Author

थप समाचार
x