समाज

बहराइनका राजकुमारलाई नेपाल सरकारको सम्मान

इकागज |
जेठ १७, २०७८ सोमवार १८:३१ बजे

काठमाडौँ : नेपाल सरकारले सगरमाथा आरोहण गरेर फर्किएका बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफालाई प्रमाणपत्रसहित सम्मान गरेको छ । सोमबार बौद्धस्थित ह्ययात होटलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशकले रुद्रसिंह तामाङले प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

तामाङले राजकुमार खालिफासहितको १२ जनाको टोलीलाई सम्मान गरेका हुन् । उनले महामारीको बीचमा पनि हिमाल आरोहण गर्न विदेशी आउनुले नेपालको पर्यटक क्षेत्रबारे विश्वभर सकरात्मक सन्देश गएको बताए ।  


त्यस्तै, राजकुमार खालिफाले नेपाल र नेपालीको स्वागतले खुसी भएको बताए । सगरमाथा चढ्दा पाएको प्रमाणपत्रले आफूलाई थप हौसला प्राप्‍त भएको उनको भनाइ छ । 'हिमालको देशबाट सम्मान पाउँदा मलाई गर्व महसुस भएको छ,' उनले भने ।

बहराइनका राजकुमार गत वर्षको चैत २ गते नेपाल आएका थिए । उनको टीमले वैशाख २८ सगरामाथाको सफल आरोहण गरेको थियो । उनी दुई महिनाभन्दा बढी बसेका भोलि विशेष विमान मार्फत स्वदेश फर्कदै छन् ।


Author

थप समाचार
x