समाज

प्रेस काउन्सिलको उद्देश्य र मर्यादालाई ख्याल राखेर काम गर्छु : अध्यक्ष बस्‍नेत

इकागज |
जेठ २३, २०७८ आइतबार १९:१ बजे

काठमाडौँ :  प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिलको उद्देश्य र यसको मर्यादालाई कायम राख्ने गरी भूमिका खेल्ने बताएका छन् । आइतबार प्रेस काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हाल्दै संञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष बस्नेतले विगतमा प्रेस काउन्सिलको भूमिका अनुसारको काम नहुँदा प्रश्न चिन्ह उठ्ने गरेको भन्दै सञ्चारमाध्यमलाई अनुगमन गर्ने कामलाई प्रभावकारी बनाउन सके यसको उद्देश्य प्राप्ति हुने बताए । 

सञ्चारमाध्यमको प्रभावकारी अनुगमनमा काउन्सिलको पहल हुने उनको भनाइ छ । ‘जे उद्देश्य छ हुबहु पालना गर्न सके मर्यादा आफैँ बढ्छ । प्रेस काउन्सिलले गर्ने भूमिका अनुसारको काम गर्न नसक्दा बेलाबेला प्रश्न चिन्ह उठ्ने गरेका थिए । सञ्चारकर्मी/सञ्चारमाध्यमले गरेका राम्रो काम के-के हुन्, गर्न नसकेका र क्षेत्राधिकार बाहिर भएका काम के-के हुन् भनेर प्रेस काउन्सिलले मनिटरिङ गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘मनिटरिङ गरेर त्यसलाई नदोहोर्‍याउनका लागि सचेत गराउनुपर्ने हुन्छ । यो कामलाई नै प्रभावकारी रुपमा गर्नसक्यो भने ठुलो भुमिका खेलेको हुन्छ । हाम्रो अबको पहल यसतर्फ हुन्छ ।’


 


Author

थप समाचार
x