पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा थापा पक्राउ
काठमाडौँ- पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको हो ।
थापाले इन्द्रकुमार खवासलालई पोल्याण्ड पठाइदिन्छु भनी ३ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार पक्राउ परेका थापालाई प्रहरीले आज सार्वजनिक गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग कार्यालय ताहाचल पठाइएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया