समाज

पूर्वमन्त्री बस्‍नेतद्‍वारा आगलागी पीडितलाई राहत वितरण, घर बनाइदिने आश्‍वासन

इकागज |
जेठ २८, २०७८ शुक्रबार ९:१४ बजे

काठमाडौँ : पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका आगलागी पीडितलाई राहत वितरण गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख बस्नेतले त्रिपुरासुन्दरी गाउँपालिका-३ धुस्कुन चाम्बोटेका आगलागी पीडित मनकुमारी घलेलाई दश हजार रुपैयाँ, जस्तापाता, सिरक ३ थानलगायत राहत वितरण गरेका हुन् ।

यस्तै खाद्यान्‍नमा चामल, दाल, चिनीलगायत रातह पनि वितरण गरिएको छ । पीडित घलेका लागि एउटा सानो घर बनाई दिने बस्‍नेतले आश्‍वासन दिएका छन् ।


त्‍यस्तै सोही अवसरमा बस्नेतले धुस्कुन पात्लेमा रहेको आइसोलेशन सेन्टरमा रहेका बिरामीको लागि अण्डा, हर्लिक्स र केही खाद्यान्‍न पनि वितरण गरेका छन् । 

उक्त  नगद तथा सामग्री सहयोग र संयोजन नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले गरेका थिए । कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरू नेत्र थापा, युधीर पौडेल, निमादोर्जे तामाङ (शिखर),  युवाखर सापकोटा (नारायण ),  सुकुमान तामाङ, पदम तामाङ, विमल पहरीलगायत उपस्थित थिए ।


Author

थप समाचार
x