अत्यन्तै अस्वस्थकर वायु प्रदूषण : भक्तपुरको एक्युआई ३१२, काठमाडौँको २४७
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँमा केहि दिनदेखि वायु प्रदूषण बढिरहेको छ । काठमाडौँ उपत्यकामा आज तुवाँलो लागेको छ ।
काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् गोविन्द झाले बताएका छन् । 'आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन' उनले भने ।
आज बिहान साढे ९:२५ बजेसम्म काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४७ छ । तर भक्तपुरको एक्युआई सबैभन्दा बढी ३१२ रहेको आइक्यू एयरले उल्लेख गरेको छ । त्यस्तै ललितपुरको एक्युआई १९६ छ ।
एक्युआई २०० भन्दा माथि पुग्दा अत्यन्तै अस्वस्थकर हुने भएकाले बाहिर हिँड्डुल गर्न नहुने बताइन्छ ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया