समाज

कोभिड-१९ संक्रमणपछि पूर्वसांसदको निधन

इकागज |
जेठ ३१, २०७८ सोमबार ८:२० बजे

काठमाडौँ : नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड-१९ संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए । विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा लमजुङ-२ बाट निर्वाचित भएका थिए । स्व.अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।



Author

थप समाचार
x