समाज

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीको वितण्डा, क्षतिको विवरण आउन बाँकी

इकागज |
असार २, २०७८ बुधबार ६:३८ बजे

फाइल फाेटाे

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । बाढीले गर्दा जनधनको क्षति भएको भनिएपनि विवरण आउन बाँकी छ । गएरातीको अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा मेलम्ची बजार लगायत बस्तीमै क्षति भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ७ बजे मेलम्चीमा बाढी आउँदा क्षति भएको हो । तर बाढीले गर्दा बिजुलीको पोल ढालेपछि बत्ती जाँदा मोबाइल सम्पर्क हुन सकेको छैन । जसकारण गएराती बाढी गएपनि क्षतिको पूरा विवरण आएको छैन ।


मेलम्ची नजिकै रहेको हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । केही मानिसहरु बेपत्ता भएको अनुमान गरिएको छ । 

मेलम्चीमा बाढीले घर बगाएपछि स्थानीय अहिले शेरा, नगरपालिका प्रांगण, ईन्द्रावती क्याम्पसमा आश्रय लिएर बसेका छन् । बाढीले गर्दा मेलम्ची–नवलपुर जोड्ने पुल समेत बगाएको छ । 


Author

थप समाचार
x