समाज

पत्रकार श्रेष्ठ र बस्‍नेतलाई शाहीको धम्कीप्रति महासंघको आपत्ति

इकागज |
असार २, २०७८ बुधवार १९:५८ बजे

काठमाडौँ : समाचारको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत दुई पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोन गरेर अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाप्रति महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानार्कण भएको जनाएका हुन् ।  

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिटको घटना भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘बाइलाइन’ कार्यक्रम अन्तर्गत समाचार सामग्री प्रशारण भएपछि शाहीले पत्रकार श्रेष्ठ र बस्नेतलाई टेलिफोन गरी धम्क्याएका थिए । समाचारका विषयमा चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा उल्टै पत्रकारलाई धम्क्याएको भन्दै महासंघले शाहीलाई कारबाहीका लागि माग गरेको छ । 



Author

थप समाचार
x