समाज

यी ठाउँमा हुँदैछ आज पनि भारी वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

इकागज |
असार ३, २०७८ बिहिवार ७:२९ बजे

फाइल तस्बिर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा वर्षा भईरहेको छ ।

देशका अधिकांश स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केहि भू-भागमा मेघगर्जन/चट्याङ्ग सहित भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा विभागले अनुरोध गरेको छ ।


त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित  भारी वर्षाको सम्भावना छ ।

शनिबार राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरे स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।


Author

थप समाचार
x