समाज

पर्वतारोही निर्मला पूर्जामाथि यौन दुर्व्यहारको गरेको आरोप

इकागज |
जेठ १९, २०८१ शनिबार ७:५३ बजे

काठमाडौँ - नेपाली मूलका बेलायती पर्वतारोही निर्मला पूर्जामाथि यौन दुर्व्यहारको आरोप लागेको छ । पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्त्सले पूर्जामाथि यस्तो आरोप लगाएकी हुन् ।

 द न्यूयोर्क टाइम्सको खोजमूलक समाचारमा पूर्जाले महिला पर्वताराेहीहरूलाई यौन दुर्व्यवहारदेखि बलात्कारसम्म गर्न खोजेको उल्लेख छ । 


२०२३ मार्चमा काठमाडौँको एक होटलमा भएको व्यावसायिक छलफलको क्रममा पूर्जाले हिन्त्ससँग यौन दुर्व्यवहार गरेको उल्लेख छ।

द न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा  हिन्त्सले ती व्यक्ति निम्स दाइको रूपमा परिचित निर्मल पुर्जा रहेको खुलाएकी छिन्। 

पुर्जाले शयन कोठामा लगेको अनुमति बिना चुम्बन गरेको, सर्ट, ट्रेकिङ सर्ट फुकालेर ब्रा फुकाल्न खोजेको न्युयोर्क टाइम्समा उल्लेख छ।

पुर्जा र हिन्त्स एक अभियानमा सँगै काम गर्नेबारे छलफल गर्न मार्च २०२३ मा काठमाडौँमा भेट्न सहमत भएको समाचारमा उल्लेख छ। 


Author

थप समाचार
x