समाज

मेलम्चीमा दीर्घकालीन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु

इकागज |
असार ४, २०७८ शुक्रवार १९:३६ बजे

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीपछि स्थानीय प्रशासनले स्थानीयको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पीडितहरुलाई अन्य स्थानमा स्थानान्तरण गर्ने, घरहरू सामान्य मर्मत वा घरहरुको पूणरुपमा निर्माण गर्ने लगाएतका दीर्घकालीन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु गरेको जनाएको हो ।

बाढीका कारण मेलम्चीका ६०० जना र हेलम्वुका ३०० जना प्रभावितको व्यवस्थापन गर्नुपर्ने देखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनले सम्बन्धित गाँउपालिका र नगरपालिकासँग समन्वय गरेर क्षतिको थप विवरण संकलन गरिने बताए । उनले पीडितलाई एक विद्यालयमा राखिएको र खाधान्न लगाएतका सम्पूर्ण व्यवस्थापन स्थानीय तहले गरेको उल्लेख गरे ।


तीन जनाको मृतकको पहिचान खुलेको, ८४ जनालाई उद्धार गरिएको र घाइतेमध्ये दुई जनामात्र डिस्चार्ज हुन बाँकी रहेको उनले जानकारी दिए । त्यस्तै बाढीका कारण २० जना सम्पर्कबिहीन रहेकाले खोजी कार्य जारी रहेको उनको भनाई छ ।


Author

थप समाचार
x