समाज

सर्लाहीमा टिपरको ठक्करबाट सञ्चारकर्मी महतोको निधन

इकागज |
असार ४, २०७८ शुक्रबार २१:२० बजे

जनकपुरधाम : सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुर मुखिया चौकमा अपराह्न ४ बजे हरिपूर्वातिर जाँदै गरेको टिपरले विपरीत दिशातिर आउँदै गरेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाह महतोको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् ।  टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।



Author

थप समाचार
x