समाज

निषेधाज्ञा खुकुलो भएसँगै सडकमा चाप बढ्यो

इकागज |
असार ५, २०७८ शनिबार १३:२१ बजे

काठमाडौँ : कोभिड-१९ संक्रमणका कारण काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञालाई खुकुलो बनाएपछि जनजीवन सहज भएको छ भने उपत्यकाका सडकमा सवारी साधानको संख्या पनि बढ्दै गएको देखिन्छ ।

ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयले खुल्ला गरेका क्षेत्रका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ । पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि भने थप खुकलो र नयाँ प्रावधानसहित जनजिवन सहज हुनेगरि निषेधाज्ञा गर्ने तयारी सरकारको छ ।


त्यस्तै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ९०१ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ७३३ दुई पाङग्रे, १२२ ओटा चार पाङ्ग्रे, २० ओटा ट्याक्सी र २६ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ । 


Author

थप समाचार
x