समाज

काठमाडौँमा एक हप्ता निषेधाज्ञा थपियो (केके गर्न पाइन्छ सूचीसहित)

इकागज |
असार ६, २०७८ आइतबार १७:२५ बजे

काठमाडौँ  : काठमाडौँ उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ । 

यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला  रहनेछन् । 


सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।   नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा  भने तीन जनामात्रै यात्रु राख्न पाइनेछ ।


Author

थप समाचार
x