समाज

मेलम्ची बाढीमा हराइरहेका थप एकको शव फेला

इकागज |
असार ६, २०७८ आइतवार १९:३६ बजे

सिन्धुपाल्चोक : यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका-२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् । रासस 



Author

थप समाचार
x