समाज

सञ्‍चारगृहको परिचयपत्रको आधारमा पत्रकारले सहजै आवत-जावत गर्न पाउने

इकागज |
असार ६, २०७८ आइतवार १९:४५ बजे

काठमाडौँ : काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुने भएको छ । यससँगै सञ्‍चारगृहको परिचयपत्रको आधारमा पत्रकारले सहजै आवत-जाववत गर्न पाउने भएका छन् । सूचना विभागको प्रेस पासका आधारमा आवत-जावत गर्ने र सूचना विभागका प्रेस पास नभएकाले सञ्चारगृहको परिचयपत्रले आवत-जावत गर्न पाउने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विदेश जाने यात्रुहरूले अन्तरराष्ट्रिय उडानबाट आवत-जावत गर्दा हवाई टिकट, पासपोर्ट भिसा आदिका आधारमा काठमाडौँ प्रवेश गर्न पाइने भएको छ ।



Author

थप समाचार
x