समाज

यस्तो छ निषेधाज्ञाबारे जारी नयाँ आदेश : बिहेमा १० जना सहभागी, ट्‍याक्सीमा तीन जना यात्रु राख्‍न पाइने

इकागज |
असार ७, २०७८ सोमबार ६:५३ बजे

काठमाडौँ  : काठमाडौँ उपत्यकामा खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ । 

नयाँ आदेशअनुसार विवाह र ब्रतबन्धमा अब स्वास्थ्य मापदण्ड पालना गरेर १० जनासम्म सहभागी हुन पाउनेछन् । विवाह र ब्रतबन्धमा २ वटा सवारी साधन प्रयोग गर्न पाउनेछन् । यसअघि सात जना मात्रै सहभागी हुन पाइन्थ्यो ।


त्यस्तै बैंक , वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्युनतम जनशक्तबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्‍चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरेको जनाएको छ ।

अब नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला  रहनेछन् । 

सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु खुल्नेछन् । यी पनि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् । खाद्यन्‍न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।  नीजि सवारी कार, जीप भ्यानमा चार जनामात्रै यात्रु राख्‍न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने तीन जनामात्रै यात्रु राख्‍न पाइनेछ ।

 

 


Author

थप समाचार
x