समाज

विपत्‍मा सेनाको सक्रियता (भिडियोसहित)

इकागज |
असार ७, २०७८ सोमवार १४:३५ बजे

काठमाडौँ : बाढी पहिरो पीडितको उद्धार र राहत कार्यमा नेपाली सेना सक्रिय छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार देशभरका विभिन्न क्षेत्रमा बाढी पीडितको उद्धार राहत र व्यवस्थापनमा सेनाको जनशक्‍ति तथा साधन स्रोत प्रयोग गरी राहत तथा उद्धारको कार्य भइरहेको छ । 

सेनाकाअनुसार बाढी पहिरोका कारण विस्थापित भएका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ गणेशेबगर ईलाकामा बसोवास गर्दै आएका ४३ जना र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० जना गरी १०३ जनालाई उद्धार गरी अस्थायी बासस्थानको व्यवस्था र राहत सामाग्री वितरण गर्न सहयोग गरेको छ । मुस्ताङको घरपझोङ्ग गाउँपालिका-४ स्याङ्ग गाउँ बस्तीमा स्याङ्ग खोलाको बहाव बढेको र पानी बस्तीमा पस्न सक्ने देखिएकोले पूर्व तयारी अनुरुप खोला किनारमा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको जनाएको छ। मनाङको विभिन्‍न स्थानहरूमा बाढी पहिरोको कारण जोखिममा परेका ८१ जनालाई सुरक्षित स्थानमा लगिएको निर्देशनालयले जनाएको छ । 


निर्देशनालयकाअनुसार सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका-१ स्थित याङ्ग्री ईलाकाका बाढी पहिरो प्रभावित स्थानीयवासीहरूको लागि मेलम्चीबाट नेपाली सेनाकोहेलिकप्टरमार्फत २९ जनालाई उद्धार गरी काठमाण्डौं ल्याइएको छ । हेलम्बु गाउँपालिका-४ स्थित गल्थुम र माझिटार ईलाकामा बाढीबाट विस्थापित परिवारलाई दुई स्थानमा ७/७ वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ । 

उद्धारसँगै राहत वितरणमा पनि सक्रियता देखाएको छ । गृह मन्त्रालयबाट प्राप्त चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पालरटेन्ट नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ जिल्लाको चामे, थाचे, ओडार, ताल तथा सिन्धुपाल्चोक जिल्लाको क्युल र अन्य स्थानहरूमा ढुवानी गरेको छ ।

 


 
 


Author

थप समाचार
x