समाज

काठमाडौँमा आजदेखि एक हप्ता निषेधाज्ञा थपियो : यस्तो छ नयाँ आदेश

इकागज |
असार ८, २०७८ मंगलबार ७:० बजे

फाइल तस्बिर

काठमाडौँ  : काठमाडौँ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्म लागू हुनेछ । 

औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्‍चालन गर्न पाइनेछ । खाचान्‍न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल, तरकारी, माछ्ला मासु, पुजा सामग्री बिक्रि वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), स्टेशनरी/पुस्तक पसलहरु बिहान ११ बजेसम्म सञ्‍चालन गर्न पाउने ।


त्‍यस्तै डिपार्टमेन्टल स्टोल (ग्रोसरी बाहेक), सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ । 

सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस्‌ पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजे सम्म सञ्‍चालन गर्न पाइनेछ ।

त्यसैगरी निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ्ग) दैनिक बिहान ११ बजे देखि अपरान्ह ६ बजेसम्म सञ्‍चालन गर्न पाउने जारी नयाँ आदेशमा उल्लेख छ । ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ ।

पसल तथा व्यवसाय सञ्‍चालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने । यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने जारी नयाँ आदेशमा भनिएको छ ।

नयाँ आदेशअनुसार विवाह र ब्रतबन्धमा अब स्वास्थ्य मापदण्ड पालना गरेर १० जनासम्म सहभागी हुन पाउनेछन् । विवहा र ब्रतबन्धमा २ वटा सवारी साधन प्रयोग गर्न पाउनेछन् । यसअघि सात जना मात्रै सहभागी हुन पाइन्थ्यो ।

त्यस्तै बैंक , वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्युनतम जनशक्तबाट भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्‍चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरेको जनाएको छ । यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल (बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म) खुल्ला  रहनेछन् ।


Author

थप समाचार
x