समाज

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

इकागज |
असार ९, २०७८ बुधबार १३:४६ बजे

काठमाडौँ : कोठा भाडामा खोज्दा जात सोध्‍ने घरबेटी रिहा भएकी छन् । बबरमहलस्थित अभियुक्त प्रधान थरकी घरबेटीलाई बुधबार साधारण तारेखमा रिहा गरिएको हो ।

जिल्ला अदालत काठमाडौँले थप प्रमाण बुझ्‍नका लागि प्रहरीलाई आदेश दिएपछि अभियुक्त प्रधानलाई साधारण तारेखमा छोडिएको छ ।


सुनार थरकी पीडितले प्रधानमाथि दर्ता गरेको जातिय विभेद सम्बन्धी मुद्दाको विरोधमा बुधबार जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलमा नेवार समुदायले विरोध प्रदर्शन गरेको थियो । 


Author

थप समाचार
x