समाज

विश्‍वका पाँच सम्पदालाई खतराको सूचीमा राख्‍ने युनेस्कोको प्रस्ताव

इकागज |
असार ९, २०७८ बुधबार २१:१ बजे

काठमाडौँ : संयुक्त राष्ट्रसंघ युनेस्कोले एक रिपोर्टको मस्यौदा जारी गरेको छ । जसमा विश्वका केही सम्पदाहरूलाई खतराको सूचीमा राख्ने प्रस्ताव उल्लेख छ । अर्काे महिना हुने मुख्य बैठकमा यी सम्पदाहरूमाथि छलफल गरी अन्तिम निर्णय सार्वजनिक हुने छ ।

खतराको सूचीमा राख्न प्रस्ताव गरिएका सम्पदाहरू  


१. लिभरपूल, इङ्गल्याण्ड 

लिभरपुल एक समुन्द्र तटमा रहेको सहर हो । ब्रिटेनको विकासका लागि अहम् भूमिका खेलेको यो सहरले आफैमा ऐतिहासिक छ । तर युनेस्कोले यसलाई खतराको सूचीमा राख्नको लागि प्रस्ताव गरेको छ । युनेस्कोले भनेको छ, ‘यो सहरमा धमाधम नयाँ भवन बन्‍ने क्रम जारी रह्यो । नयाँ अग्ला भवन बनाउनबाट रोक्न पनि यो सहर चुक्यो । साथै सहरमा नयाँ फुटबल स्टेडियम बनाउने योजनाले गर्दा पनि यो सहर खतराको सूचीमा पर्न पुगेको हो ।’ 

२. ग्रेट ब्यारियर रीफ, अष्ट्रेलिया 

उत्तरपूर्वी तटमा २३ सय किलोमिटरमा फैलिएको लामो कोरल रीफ कै कारण पनि अष्टे«लियाको पहिचान दुनियाँभर फैलिएको थियो । तर केही वर्षदेखि यो कोरल खतरामा छ । २०१५ र २०१७ मा पनि युनेस्कोले यसलाई विश्व सम्पदा सूचीबाट हटाउनको लागि सिफारिस गरेको थियो । त्यतिबेला यो सुन्दर क्षेत्र बचेको थियो । तर अहिले भने बच्न सकेन । 

३. बुडापेस्ट, हंगेरी 

डेन्यूव नदीमा बसेको यो बुडापेस्ट आफ्नो आधुनिकीकरणको कारण खतरामा पुगेको हो । बुडा कासल क्वार्टरलाई दोस्रो विश्वयुद्ध भन्दा पहिलेको स्थितीमा पु¥याउने पहल सुरु भएपछि यसलाई खतराको सूचीमा राखिएको हो ।

 
४. भेनिस, इटली 

भेनिसलाई सन् १९८७ मा विश्व सम्पदा सूचीमा राखिएको थियो । कलाकारहरूले स–साना घरमा बनाएको कलाको कारण यो सहर सूचीमा परेको थियो । तर अत्याधिक मात्रामा पर्यटकरू आउने गरेको र त्यसले गर्दा ति कलामा असर पर्दै गएपछि युनेस्कोले चेतावनी समेत दिएको थियो । तर त्यस अस्तित्वमै खतरा आउने भएपछि यो सहरलाई पनि खतराको सूचीमा राख्न प्रस्ताव गरेको हो ।

५. सिलोस रिजर्भ, तान्जानिया 

तान्जानियाको सिलोस रिजर्भलाई सन् १९८२ मा विश्व सम्पदा सूचीमा सामिल गरिएको थियो । तर २०१४ मा यहाँका हात्तीहरूको संख्यामा कमी आएपछि यसलाई खतराको सूचीमा राख्न प्रस्ताव गरिएको हो । यस रिजर्भको बीचबाट बग्ने रूफीजी नदीमा बाँध बाँध्ने योजना पछि भने यसलाई विश्व सम्पदा सूचीबाटै हटाउनको लागि सिफारिस गरिएको छ । 


Author

थप समाचार
x