समाज

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

इकागज |
असार ९, २०७८ बुधवार २१:९ बजे

विराटनगर : मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको रङ्गेलीमा चट्याङ लागेर एक जनाको मृत्यु भयो भने विराटनगरमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको हो ।   

रंगेली नगरपालिका–६ का २० वर्षीय नितेश रायको चट्याङ लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै चट्याङ लागेर चार जना घाइते भएका छन् । मलंगथानस्थित पिठारीको रुखको छहारीमा बसिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते रायलाई उपचारको लागि रंगेली अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।


यसै गरी विराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना भारतीय मजदुरको मृत्यु भएको छ । भारतको जोगबनी हाजिमोहल्ला घर भइ हाल विराटनगर १७ रानीमा बस्दै आएका २५ वर्षीय तावारुल आलमको मृत्यु भएको हो । मन्दिरमा छड बाँध्नका लागि तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर घाइते भएका उनको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।   


Author

थप समाचार
x