सिमलताल पहिरो
सिमलताल अध्ययन समितिले शिक्षालयमा रहेका उपकरण र जनशक्तिका बारेमा जानकारी लियो
काठमाडौँ- नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालमा भएको बस दुर्घटनाका बारे अध्ययन समितिले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको उपकरणहरू र जनशक्तिका बारेमा जानकारी लिएको छ ।
गत असार २८ गते बिहान करिब साढे ३ बजे पहिरोले बगाएर २ वटा बस र यात्रु त्रिशुली नदीमा हराएपछि गृह मन्त्रालयले घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयमा के कस्ता उपकरणहरू र जनशक्ति रहेका छन् भन्नेबारे जानकारी लिन आएका हो ।
शिक्षालयमा रहेका उपकरणहरूको जानकारी लिँदै समितिले अबको आवश्यकताका बारेमा पनि जानकारी लिएको समितिका संयोजक रिजालले बताए । संयोजक रिजालले नेपालको नदीको तीव्र बहाव, गहिराइ र धमिलो पानीमा पनि काम गर्न सक्ने आधुनिक उपकरणहरूको आवश्यकताका बारेमा प्रतिवेदनमा उल्लेख गर्ने बताए ।
उनले प्रतिवेदनको खाका तयार भई सकेको र गृह सचिव समय मिलाएर सरोकारवालहरू समेतको उपस्थितिमा सार्वजनिक गर्ने बताए । सो क्रममा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी जनक पुरीले शिक्षालयमा भएका उपकरणहरू २०६९ सालमा आएको र त्यसपछि उपकरणहरूको अपग्रेड नभएको बताउँदै अब त्यो भन्दा अत्याधुनिक उपकरणहरूको आवश्यकता रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया