वनकालीमा बृहत् कोटीहोम महायज्ञ जारी
काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा वृहत् कोटीहोम महायज्ञ जारी छ ।
मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संस्थाहरूको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत् विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको हो ।
महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन भइरहेको छ ।
यसैबीच शनिबार भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्य महाराज कोटीहोममा सहभागी भएका छन् । सो क्रममा कथावाचक अनिरुद्धाचार्यले धेरै अघि नै नेपाल आउने चाहना रहे पनि कोरोना लगायतका कारणले आउन नपाएको बताए । उनले नेपाल पशुपतिनाथ मन्दिर रहेको निकै सुन्दर देश भएको उल्लेख गरे ।
महायज्ञमा वाचन दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गरिसकेका छन् । विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।
ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया