पत्रकार चेतन पन्तको मृत्यु
काठमाडौँ - रुपन्देहीका पत्रकार चेतन पन्तको मृत्यु भएको छ । पन्तको गएराति मृत्यु भएको हो ।
६६ वर्षीय उनको सिदार्थनगर नगरपालिका ६ मा रहेको आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी दुईवर्षदेखि क्यान्ससँग जुधिरहेका थिए ।
उनी नेपाल टेलिभिजन र जिल्लाका सञ्चारमाध्यममा तीन दशकदेखि पत्रकारितामा क्रियाशील थिए । पन्तका श्रीमती र दुई छोरा छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया