समाज

मन्त्री समक्ष कारखाना श्रमिक संघले गर्‍यो कानुन संशोधनको माग

इकागज |
साउन २६, २०८१ शनिबार २१:५ बजे

वीरगन्ज- नेपाल कारखाना श्रमिक संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियालाई ज्ञापनपत्र बुझाउँदै श्रम सम्बन्धी कानुन संशोधन गर्न माग गरेका छन्  ।

संघले मन्त्री चौरसियालाई शनिबार वीरगन्जमा भेटी ज्ञापनपत्र बुझाएको नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले बताए । 


योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी लागू नगराए पनि श्रम ऎन २०७४ को दफा १४५,१०९ र १५ को दुरुपयोग गरी श्रमिक कटौती, कानुन विपरीत श्रमिक सरुवा र जगेडामा राखी श्रमिकलाई अनावश्यक दु:ख दिइरहेकोले उक्त दफाहरू तत्काल संशोधन गर्न मन्त्री समक्ष संघले माग गरेको छ । 

यसैगरी ट्रेड युनियन खोल्न पाउने अधिकार कुण्ठित गर्दै परवानिपुरस्थित पन्ना पेपर मिल्स र साकेत टेक्सटाईलमा कार्यरत श्रमिकहरूलाई ट्रेड युनियन गठन गर्न लागेकाले रोजगारबाट निष्कासन गरेको समेत ज्ञापनपत्रमा उल्लेख छ । संघले समय सापेक्ष ट्रेड युनियन ऎन २०४९ लाई तत्काल संशोधन गर्न माग गरेको छ ।


Author

थप समाचार
x