अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड एकतर्फी सञ्चालन
फाइल तस्बिर
मध्यविन्दु (नवलपरासी)- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ ।
सडक भासिएपछि आज बिहानैदेखि पहाड कटान सुरु गरिएको थियो । कटान कार्य आज पूरा नभएपछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो । सो क्षेत्रमा आज बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यक बाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो । सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र भोलि बिहान ८ बजेदेखि पुनः काम सुरु गरिने पौडेलले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया