गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज : रोकेको थिएन स्कुटरलाई ट्राफिकले (भिडियो)
काठमाडौँ- भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा ट्रकले ठक्कर दिएको स्कुटरलाई ट्राफिकले नरोकेको पाइएको छ ।
बिहीबार दिउँसो करिब २ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको ज्यान गएपछि ट्राफिकले रोकेको कारण दुर्घटना भएको भन्दै प्रदर्शन भएको थियो । तर सीसीटीभी फुटेज हेर्दा उक्त स्कुटरलाई ट्राफिकले रोकेको कहिँकतै देखिदैन् ।
उक्त दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ ।सीसीटीभी फुटेजमा तीन ट्राफिक ड्युटीमा रहको प्रष्ट देखिन्छ । तर उनीहरूले उक्त स्कुटरलाई रोकेको भने देखिँदैन । दुर्घटनापछि एक जना ट्राफिक दौडेर गएर ट्रक रोकेको सीसीटीभी फुटेजमा देखिन्छ । ट्रक र स्कुटर काठमाडौँबाट भक्तपुर गइरहेको सीसीटीभी फुटेजमा देखिन्छ ।
उक्त सीसीटीभी फुटेजमा ट्रकले अघि रहेको स्कुटरलाई किच्दै अघि बढ्दा स्कुटर देब्रेतर्फ उछिटिएको देखिन्छ । स्कुटरमा सवारलाई भने ट्रकले केही परसम्म घिर्सादै लगेको देखिन्छ ।
दुर्घटनापछि फरार ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय ट्रक चालक सतेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनापछि स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । जसका कारण गठ्ठाघर तनावग्रस्त समेत बनेको थियो । भीड र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो ।
यसरी भएको थियो गठ्ठाघर दुर्घटना (सिसिटिभी फुटेज) pic.twitter.com/43hp3j3ExG
— eKagaj (@ekagaj) August 16, 2024
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया