समाज

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठूलो बाढी, हिम ताल फुटेको आशंका

इकागज |
साउन ३२, २०८१ शुक्रबार १५:२४ बजे

सोलुखुम्बु- सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठूलो बाढी आएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।


हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ । 


Author

थप समाचार
x