इञ्जिनियर्स एसोसियसन निर्वाचन
लोकतान्त्रिक समूहले टुंगायो प्यानल : अध्यक्षमा बराल र महासचिवमा पण्डित (नामावलीसहित)
काठमाडौँ- इञ्जिनियरहरूको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले उम्मेदवार टुंगो लगाएको छ । इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहने गरी लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ ।
अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इञ्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो ।
यी हुन् उम्मेदवार
अध्यक्ष : इ.सुवास चन्द्र बराल
उपाध्यक्ष : इ.प्रकाश केसी
महासचिव : इ.विनोद प्रकाश पण्डित
उपमहासचिव : इ.अनिल मानन्धर
कोषाध्यक्ष : इ.सुमन थापा
सहकोषाध्यक्ष : इ.कृष्णप्रसाद पोखरेल
सदस्यहरू : इ.यम कृष्ण पौडेल
इ.प्रभुराम पोखरेल
इ.एमेन्द्र गुरुङ्ग
इ.अनिल पौडेल
इ.संजय कुमार साह
इ.नेत्र प्रसाद देवकोटा
इ.भैरव धिताल
इ.सुजन श्रेष्ठ
इ.लोकेन्द्र अधिकारी
इ.विक्रम कुमार दास
इ.प्रियंका गुप्ता
इ.जय किसुन राय
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया