समाज

घाँसी कुवामा ठूलो पहिरो, मुग्लिन-पोखरा सडक अवरुद्ध

इकागज |
भदौ ५, २०८१ बुधबार १८:२३ बजे

फाइल फाेटाे

दमौली - तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ ।

बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।


ठूलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।
  


Author

थप समाचार
x